Rule 22J
विद्यालय सञ्चालन कार्यविधि बनाई लागू गर्नु पर्ने
(१) स्थानीय निकाय वा व्यवस्थापन समितिले आफूले व्यवस्थापन जिम्मा लिएको विद्यालय सुव्यवस्थित रुपमा सञ्चालन गर्न, त्यस्तो विद्यालयमा सामुदायिक शिक्षक बाहेकका अन्य शिक्षक तथा कर्मचारी नियुक्ति वा बढुवा गर्न, त्यसरी नियुक्त वा बढुवा गरिएको शिक्षक तथा कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउन र त्यस्ता शिक्षक र कर्मचारीलाई विभागीय सजाय गर्ने सम्बन्धमा विद्यालय सञ्चालन कार्यविधि बनाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्थानीय निकाय वा व्यवस्थापन समितिले बनाएको विद्यालय सञ्चालन कार्यविधि जिल्ला शिक्षा अधिकारीबाट स्वीकृत भएपछि लागू हुनेछ ।